Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रावल पक्षलाई भाेट नहाल्न भन्दै ओली पक्षीयकाे पर्चा, भीम रावलले दिए कडा प्रतिक्रिया


    मंगलबार, मंसिर १४ २०७८
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सौराहा।नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।

    एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरीत हो ।

    एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहित विपरीत रहेको न्युज कारखानालाई बताए । ‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ  आचारंसहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’

    संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके  धाँधली मानिने उनले बताए । ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले न्युज कारखानासँग भने । 

    parcha.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार