विराटनगर।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइराला गृहजिल्लामै घेराबन्दीमा परेका छन् । कोइराला निकटका मोरङ जिल्ला सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुलाई पराजित गर्न संस्थापन इतर पक्षका नेताहरूरु एकै ठाउँमा उभिएका छन् ।
संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतले संस्थापन पक्षका उम्मेदवार दिलीप गच्छदारलाई जिताउन मोर्चाबन्दी गरेका छन् । शेखरलाई गृह जिल्ला माेरङमा नै कमजोर पारेको सन्देश दिन नेताहरू एकै ठाँउमा उभिएका हुन् ।
पहिलो चरणमा सम्पन्न मोरङ कांग्रेसको निर्वाचनमा संस्थापन इतर समूहबाट निवर्तमान सभापति डीगबहादुर लिम्बु र पूर्वसचिव यदु विष्ट र संस्थापन पक्षका दिलीप गच्छदार उम्मेदवार थिए । जसमा लिम्बुले सर्वाधिक १५ सय ४४, गच्छदारले ११ सय ६६ र विष्टले ५ सय ६३ मत ल्याएका थिए ।
कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज मंगलबार पुनः मतदान हुँदैछ । दोस्रो चरणको मतदानको पूर्वसन्ध्यामा पौडेल, शशांक, सिंह, सिटौलालगायतका नेताहरू निकटका जिल्ला नेतासँगै विष्टले साेमबार साँझ पत्रकार सम्मेलन गरी गच्छदारलाई समर्थन गरेको घोष्णा गरेका छन् ।
विराटनगर महानगरका मेयर भीम पराजुली पनि शेखर कोइरालाको साथ छोडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् ।
नेताहरूले गुट परिवर्तन गरेपछि मोरङ कांग्रेसको जिल्ला अधिवेशन पेचिलो बनेकाे छ । यसले मोरङको जिल्ला सभापतिको निर्वाचन रोचक पनि बनेको छ ।
लिम्बू र गच्छदारबीच कडा प्रतिस्पर्धाकाे परिस्थिति निर्माण भएको छ । शेखर कोइरालालाई आफ्नो राजनीति शाख जोगाउन लिम्बुलाई जस्तोसुकै जाेखिम मोलेर भए पनि जिताउनुको विकल्प छैन । गच्छदारलाई समर्थन गर्ने जिल्लाका नेताहरूलाई पनि आआफ्नो राजनीति जोगाउन चुनौति थपिएको छ ।
पराजुलीले जिल्ला सभापतिमा लिम्बु असफल भएकाले गच्छदारलाई रोज्न बाध्य भएको बताए । तर, केन्द्रीय निर्वाचनमा शेखर कोइरालाको साथ नछोड्ने प्रतिक्रिया उनले दिएका छन् । विष्टले गरेको पत्रकार सम्मेलनमा भाग लिएका उनले जिल्लामा पात्र मात्रै परिवर्तन गरेको बताएका छन् ।
विष्टको पत्रकार सम्मेलन नसकिँदै शेखर कोइरला निकट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पत्रकारसँग कुराकानि गर्दै गच्छदारलाई चुनाव जिताउन संस्थापन पक्षले पैसाको चलखेल गरेको समेत आरोप लगाए । आफू कोइराला क्याम्प नछाडेको उनले घोषणा गरे ।
मतदान आज बिहान १० बजेदेखि हुँदैछ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend