Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मलाई केपी ओली मन पर्छः रेखा थापा


    सोमबार, मंसिर १३ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजनप्रति सहमति जनाएकी छिन् ।

    न्युज कारखानासँग कुरा गर्दै अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १० औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन् ।

    ‘म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ । त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,’ उनले भनिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार