Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • कांग्रेस महोत्तरी सभापतिमा महेश झा निर्वाचित, महाअधिवेशन प्रतिनिधिको मतगणना जारी


    सोमबार, मंसिर १३ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    सहमति जुट्न नसकेपछि शनिबार भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेदेखि जारी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

    अहिलेसम्मको मतगणनामा क्षेत्रीय सभापति, सचिव र सहसचिवको मतपरिणाम आइसकेको छ । बाँकी पदाधिकारी तथा केन्द्रीय महाअधिवेशन प्रतिनिधिको नतिजा आउन बाँकी रहेको नेपाली कांग्रेस महोत्तरीले जनाए छ ।

    सभापतिमा महेश झा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा पशुराम गिरी, सन्तोष कुमार र सहसचिवमा सुरेश महतो, उत्सव दाहाल निर्वाचित भएका छन् ।

    क्षेत्र नम्बर १ मा ५१६ जना मतदाता मध्ये ४९४ जनाले मतदान गरेका थिए । सभापतिमा २०७ मत अर्थात् प्रतिद्वन्द्वी राम श्रेष्ठ महतोभन्दा ८ मत बढी ल्याएर महेश कुमार झा क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् ।

    त्यस्तै केन्द्रीय महाअधिवेशन प्रतिनिधिको भने मतपरिणाम आइसकेको छैन । क्षेत्र नम्बर १ बाट २४ जना निर्वाचित गर्नुपर्ने तर उम्मेदवार बढी भएको हुँदा मतपरिणाममा ढिलाइ भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    अहिले क्षेत्र नम्बर १ केन्द्रीय महाअधिवेशन प्रतिनिधिमा  ५७ जना उम्मेदवार बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार