काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनबाट नयाँ नेतृत्वका लागि कर्णाली प्रदेशबाट महिलातर्फका तीनै जना उम्मेदवार निर्विरोध केन्द्रीय कमिटीमा पुगेका छन् ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार कर्णालीका तीन जना महिला निर्विरोध भई केन्द्रीय कमिटीमा पुग्ने भए पनि पुरुषतर्फ भने प्रतिस्पर्धा हुने अवस्था छ ।
आयोगद्वारा सार्वजनिक सूचीअनुसार महिलातर्फबाट तीर्था गौतम, मीनासिंह रखाल र मोहनमाया ढकाल भण्डारी केन्द्रीय कमिटीमा निर्विरोध निर्वाचित भएका हुन् भने पुरुषतर्फका ६ कोटाका लागि सात जनाको उम्मेदवारी परेको छ । निर्विरोध महिला केन्द्रीय कमिटी सदस्यको घोषणा भने औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले गरिसकेको छैन ।
जसअनुसार गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य, योगेन्द्रबहादुर शाही, बिष्णु रिजालबीच ६ कोटाका लागि प्रतिस्पर्धा हुनेछ । कर्णाली प्रदेशबाट तीन महिला र ६ पुरुषसहित नाै जना केन्द्रीय कमिटीमा पुग्नु पर्नेमा सात जना पुरुषले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुने भएको हो । सातमध्ये एक जनाले पनि समयसीमाभित्र उम्मेदवारी फिर्ता लिएनन् भने कर्णालीमा पुरुष केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend