काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको नाम स्मरण गरेका थिए ।
उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे ।
‘एकताको महाधिवेशन हो यो । नाम मात्रको होइन, मन, वचन र एकताको महाधिवेशन हुनुपर्छ । एकताको सन्देश दिनुपर्छ । राष्ट्रवादी नेपालीले उत्सुकतापूर्वक हेरिरहेका छन् । महाधिवेशनपछि पार्टी फुट्ने नियतिले गर्दा त्यो टुटफुटको शृंखला नदोहोरियोस् भन्ने छ । कामना गरिरहेका छन्,’ थापाले भने, ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधिमा फर्केर घर जाँदा राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गर्नुपर्छ ।’
राप्रपा अध्यक्षका लागि यसअघि राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । राप्रपामा पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी पनि अध्यक्षका दाबेदार छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend