चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा पुग्न धमाधम मनोनयन दर्ता भइरहेको थियो । महाधिवेशन प्रतिनिधिले धमाधम मनोनयन दर्ता गरिरहेका बेला निराश मुद्रामा भेटिए कृष्ण गौतम ।
उनी अपांगता भएका महाधिवेशन प्रतिनिधि हुन् । एमालेले समावेशी कोटा निर्धारण गर्दा अपांगता भएका व्यक्तिका लागि पनि कोटा छुट्याउनेमा उनी ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा पनि आशावादी थिए । तर विधान महाधिवेशनले यो समूहबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्नेका लागि कोटा निर्धारण गरेन ।
कोटा निर्धारण नभए पनि सर्वसम्मत नेतृत्व प्रस्ताव गर्ने अधिकार पाएका निर्वतमान अध्यक्ष केपी ओलीले अपांगता भएका व्यक्तिलाई पनि केन्द्रीय कमिटीमा समेट्छन् भन्ने आश थियो गौतमलाई ।
तर सार्वजनिक भएको ३०१ जनाको सूचीमा एकजना पनि अपांगता भएका व्यक्ति भेटेनन् उनले । लोकतान्त्रिक राष्ट्रिय अपांग संगठनबाट महाधिवेशन प्रतिनिधि बनेर आएका उनलाई आश थियो– एमालेले केन्द्रीय कमिटीमा अपांगता भएकाहरूलाई पनि समेटिने छ ।
‘हामी आशावादी थियौं, तर निराश बनाइयो,’ महाधिवेशन बन्दसत्रस्थलमा भेटिएका गौतम भन्छन्, ‘नेतृत्वले बनाएको सूचीमा हामी अटेनौं, नअटेपछि पार्टी नेतृत्वको निर्णयविपरीत जाने कुरा पनि भएन ।’
पार्टी नेतृत्वको निर्णय मान्ने इमान्दार गौतमजस्ता अपांगता भएका व्यक्तिले न उम्मेदवारी दर्ता गर्ने हिम्मत गरे, न उनीहरूका लागि विधानले अनिवार्य कोटा नै छुट्यायो ।
एमालेको विधानमा खुला, महिला, जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक, श्रमिक, दलित, पिछडिएको क्षेत्र, उपत्यका र सम्पर्क समन्वयका लागि अनिवार्य प्रतिनिधित्व गराइएको छ । तर अपांगता भएकाको भने यस्तो प्रतिनिधित्व विधानले अनिवार्य नगर्दा अपांगता भएका व्यक्तिहरू विधानअनुसार स्वतः पर्न त सकेनन् नै नेतृत्वप्रति जवाफदेही र ‘इमान्दार कार्यकर्ता’ बन्दा चुनिने अवसरबाट वञ्चित भएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend