खोटाङ । नेकपा (माओवादी केन्द्र) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीले भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
शनिबार सम्पन्न प्रथम नगर सम्मेलनबाट गठित नगर कमिटीले आइतबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै नगरभित्र भइरहेका भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।
कतिपय योजनाको बिल भर्पाईदेखि गुणस्तर निरीक्षण र मूल्यांकन गरेर अख्तियारसम्म पुर्याउनले गरी पार्टी कमिटी अघि बढ्ने माओवादी केन्द्रका दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष विसन राईले बताए । उनले प्रशासनिक काम कारबाहीमा हुने ढिलासुस्ती र अनियमितता रोक्न नागरिक अभियानमा जोड दिइने बताए ।
यस्तै, संविधानले सुनिश्चित गरेका नागरिकको हक तथा अधिकारको रक्षार्थ देशभक्त नागरिकलाई आफ्नो पार्टीमा संगठित गर्न अभियान सञ्चालन गर्ने, माओवादी आन्दोलनमा सहभागी भइ बीचमा छुटेका कार्यकर्तालाई पुनः पार्टीमा फर्काउने कार्यक्रम गर्ने, युवा, महिला, विद्यार्थी र दलित समुदायलाई अवसरमा प्राथमिकता दिनेलगायतका निर्णय गरिएको अध्यक्ष राईले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend