Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काठमाडौं कांग्रेसको सभापतिमा प्रकाशमान–गगन थापा निकट बानियाँ दोब्बर मतले बिजयी


    सोमबार, मंसिर १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको काठमाडौं कांग्रेसको निर्वाचनमा सभापति, उपसभापति, सचिव र सहकोषाध्यक्ष सात पदमा बानियाँ समूह अत्याधिक मतले विजयी भएको छ ।

     सभापतिमा बानियाँको १९५७ मत आएको छ भने उनका प्रतिद्वन्द्वी उपेन्द्र कार्कीको १०८९ मत आएको छ । सदस्यहरूमा पनि प्रायः सबै क्लष्टरमा बानियाँ समूहका उम्मेदवार नै भारी मतान्तरले बिजयी भएका छन् । बानियाँलाई कांग्रेस नेता प्रकाशमान सिंह र गगन थापाले समर्थन गरेका छन् भने कार्की देउवा समूहका हुन् ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार