चितवन । नेकपा एमालेको जारी दसौं महाधिवेशनको बन्दसत्र आइतबार रातभर चले पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेन । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय समितिको नाम प्रस्ताव गरेका छन् । तर भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने नै भएका छन् । अब नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको छ ।
रावललाई उम्मेदवारी नदिनका लागि दबाब दिन ओलीले बन्दसत्र स्थलबाहिर नाराबाजी गर्न लगाए । युवासंघ र अखिलका कार्यकर्ताहरुलाई रावलबिरुद्ध अभद्र नारा समेत लगाइए । हलाहल बिष पिएर पार्टी एकता गरेका रावललाई नेकपा समाजवादीका अध्यक्ष माधव नेपालसँग जोडेर गालीगलौज गरी अध्यक्षमा उम्मेदवारी नदिनका लागि दबाब दिने काम ओलीले गरे । रावलको पर्चा बाँड्नेलाई धम्की समेत दिइयो । तर पनि रावलले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै रावलले अध्यक्ष र घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । केन्द्रीय सदस्यमा ओलीले प्रस्ताव गरेको सूचीलाई मानेर जान आग्रह गर्दै निर्वाचन हुँदा समय लाग्ने र समस्या हुने उनले बताएका छन् । निर्वाचन भए पनि ओलीको सूचीमै रहेकाहरु जित्ने निश्चित भएकाले निर्वाचनमा प्रतिस्पर्धा हुने संभावना कम छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend