Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा


    आइतबार, मंसिर १२ २०७८
    475
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कल्पना बोहरा 

    अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ मा सोमबार १३ गते पुनः हुने क्षेत्रीय निर्वाचनमा देउवाकै दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
    यहि ६ गते भएको क्षेत्रीय निर्वाचनमा मतदाता भन्दा बढी मत खसेको भन्दै पुनः मतदान हुन लागेको हो ।

    एकतर्फ पूर्व राज्यमन्त्री गोबिन्द बहादुर शाह र पूर्व जिल्ला सभापति मेगराज खड्का नेतृत्वको प्यानल रहेको छ भने , अर्कोतर्फ हालका पार्टी सभापति भरत कुमार स्वारको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धा गर्दै छ ।

    पूर्व राज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्का नेतृत्वमा टिकाराम खनाल, टेक बहादुर साउँद, राजन कुँवर, कृष्ण कुँवर (एन्जीला), राजेन्द्र शाह, राजन कुँवर, नृप बहादुर साउँद र काली बुढा रहेका छन् ।

    यस्तै हालका पार्टी सभापति भरत कुमार स्वारले नेतृत्व गरेको प्यानलमा भक्त ठकुल्ला, राजेन्द्र खड्का, टेक बहादुर कुँवर, बल बहादुर कुँवर, तपेन्द्र शाह, मोहन कुँवर, भीमबहादुर साउँद, शेरबहादुर शाह र राम बहादुर कुँवर रहेका छन् ।

    दुबै प्यानल आफू बलियो भएको दाबी गरिरहदा प्रारम्भिक आकलनमा पूर्व राज्यमन्त्री शाह र पूर्व पार्टी सभापति खड्काको नेतृत्वको प्यानल बलियो देखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार