Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाँच भारतीय पक्राउ प्रकरणः एआइजी पालमाथि गृहको छानबिन अन्तिम चरणमा


    आइतबार, मंसिर १२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एक महिनाअघि पाँच भारतीयलाई पक्राउ गरी सुटुक्क छाडिएको बिषयमा गृहमन्त्रालयले थप छानबिन गरिरहेको छ ।

    महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पालको निर्देशनमा डीएसपी नमराज भट्टराईले संयुक्त अरब इमिरेट्स(यूएई)को शरजहाँबाट नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका पाँच भारतीयलाई पक्राउ गरेका थिए । ती भारतीय जम्मु कश्मिरका भएको र उनीहरु शंकास्पद गतिबिधिमा संलग्न भएको आशंकामा पक्राउ गरिएको थियो । तर तिनलाई पक्राउ गरेकै दिन गोप्यरुपमा छाडिएको थियो ।

     गोप्यरुपमा छाडिएका ती भारतीय सुनौली नाका हुँदै स्थलमार्गबाट भारततर्फ गएको सूचना गृहमन्त्रालयले पाएपछि आइजीपी शैलेश थापा क्षेत्रीलाई छानबिन गर्न निर्देशन दिएको थियो । प्रहरी प्रधान कार्यालयले छानबिन गरी प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकेको छ । डीएसपी नमराज भट्टराईले भारतीयलाई पक्राउ गरिएको सीसीटीभी फुटेज नै देखिएको स्रोतले बताएको छ । गएको कात्तिक ५ गते शरजहाँको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्रनासाथ पक्राउ गरिएका भारतीय नागरिकहरु यासिर अराफाद, मोहम्मद नुर, मोड रसद, सकिल अली, मोहम्मद रहबु थिए । जसलाई पक्राउ गरिएकै दिन रिहा गरी सुनौली नाका हुँदै भारततर्फ पठाइएको थियो ।  

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि नियन्त्रणमा लिएका भारतीयलाई एआइजी पालले गोप्यरुपमा भारत पठाएपछि गृहमन्त्रालयले यस बिषयलाई गम्भीर रुपमा लिएको छ । 

      नियन्त्रणमा लिइएका ती भारतीयलाई पक्राउ गरिसकेपछि गोप्यरुपमा छाडेको सूचना गृहमन्त्रालयले पाएपछि छानबिन गर्न आइजीपी क्षेत्रीलाई निर्देशन दिएको थियो । गृहसचिव टेकनारायण पाण्डेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले पक्राउ परेका पाँच भारतीयलाई गोप्यरुपमा छाडिएको बिषयमा छानबिन गरी प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको थियो । आइजीपी क्षेत्रीले बुझाएको प्रतिवेदनका आधारमा गृहले थप छानबिन गरिरहेको छ । पाँच भारतीय छाडिएको घटनाको बारेमा गृहले छानबिन गर्दा दोषी पाइएमा एआइजी पाललाई अप्ठेरो पर्ने देखिएको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरका गठन हुनासाथ एआइजी पालको गृहमन्त्री बालकृष्ण खाँणसँग बाक्लो उठबस भएको थियो । उनले शैलेश थापा क्षेत्रीलाई हटाएर आफू आइजीपी हुने सपना समेत देखिसकेका थिए । पालकै सल्लाहमा गृहमन्त्री खाँणले प्रहरीको लेखापालहरुको सरुवा समेत रोकेका थिशए । तर पछिल्ला दिनमा पाल र गृहमन्त्री खाँणबीचको सम्बन्धमा दरार आएको छ । आइजीपी बन्नका लागि माथि बुझाउनुपर्छ भन्दै तरुण खेम्कासहितका ब्यापारीसँग रकम संकलन गरेको सूचना पाएपछि खाँण पछिल्लो समय उनीसँग रुष्ट भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार