Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


    आइतबार, मंसिर १२ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । बुटवल उपमहानगरपालिकाको नयाँ बनेको प्रशासकीय भवनमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

    नेपाल विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१२ घर भई बुटवल गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    थ्री फेज विद्युत जडान गर्ने क्रममा भएको घटनामा बुटवल उपमहानगरपालिका–४ का २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर घर भई बुटवल–३ बस्दै आएका २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुंदालीले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार