Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन भोलिसम्म लम्बिन सक् : पृथ्वीसुब्बा गुरूङ


    आइतबार, मंसिर १२ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सौराहा । एमाले नेता पृथ्वीसुब्बा गुरूङले महाधिवेशन एक दिन लम्बिन सक्ने बताएका छन् ।

    महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताएका हुन् ।

    एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पनि कुरा मिल्न सकेको छैन । जसकारण नेतृत्व निकै ठूलो दबाबमा छ ।

    ‘सहमतिको प्रयास भइरहेको छ । आजको आवश्यकता पार्टी एकता हो । सहमतिको आवश्यकता हो । लोकतान्त्रिक अधिकार प्रयोग गरेर उहाँलाई सर्वसम्मत रूपमा केन्द्रीय कमिटीको प्रस्ताव ल्याउनुस् भनेर हलले जिम्मेवारी दिएको छ । कोठामा बसेर एक्लै घोषणा गर्ने त होइन । सानामसिना कुरा होइन । धेरै ठूलो र गम्भीर कुरा छ । त्यसैले महाधिवेशन लम्बिन पनि सक्छ,’ गुरुङले भने 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार