Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा मतदानस्थलमै नाराबाजी, उदय शम्शेरमाथि अभद्र व्यवहार


    आइतबार, मंसिर १२ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  ललितपुर । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिका लागि आज दोस्रोचरणमा भएकाे मतदान स्थलमा नाराबाजी भएको छ ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । 

    आज सभापतिका उम्मेदवारहरू रामकृष्ण चित्रकार र जितेन्द्रकुमार श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।

    कांग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो । मतदानका क्रममा प्रचारसामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले अभद्र व्यवहार गरेको राणा पक्षको भनाइ छ ।

    राणापक्षका कार्यकर्ताहरुले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका थिए । जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार