Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिभरपुल र एस्टन भिल्लाको जित 


    आइतबार, मंसिर १२ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाले शनिबार जित हात पारेका छन् । शुक्रबार १३ औं चरणका खेलमा लिभरपुल र एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक पाएका हुन् । 

    घरेलु मैदानमा लिभरपुललले साउथह्याप्टनलाई ४–० ले पराजित गर्याे । लिभरपुरको जितमा डियगो जोटोले दुई तथा थिअगो अल्कान्तराले र भर्जिल भान डाईकले एक एक गोल गरे । 

    अर्काे खेलमा स्टेफिन जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लगातार दोस्रो जित हात पार्ने क्रममा क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । अन्य खेलमा   न्युक्साललाई आर्सनलले २–० ले पराजित गर्दा नर्विच र उल्भ्सले गोलरहित बराबरी खेले । 

    जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । आर्सनल २३ अंक सहित पाँचौं स्थानमा रहँदा  एस्टन भिल्ला १६ अंक सहित ११ औं स्थानमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार