Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनः भीम रावल मत माग्न थाले, घनश्याम भूसाल गीता सम्झँदै चुनावी मैदानमा


    शनिबार, मंसिर ११ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले सहमतिपूर्ण नेतृत्वका पदहरु बढाए पनि भागबण्डा पुर्याउन नसकेपछि चुनाव नै हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै गुटलाई पदको भाग पुर्याउन सकेका छैनन् । आफ्नै परम्परागत गुटलाई पद नपुगेको र पूर्वमाओवादीदेखि दस बुँदे सहमतिका आधारमा पार्टी एकता प्रक्रियामा आएकाहरुलाई समेत समेट्नुपर्ने भएकाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढाएका थिए । तर ओलीले आफ्नै गुटसमेत ब्यवस्थापन गर्न सकेका छैनन् ।

    ओलीले सहमति भन्ने तर स्पष्ट खाका प्रस्तुत गर्न नसकेपछि भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै मत माग्न थालिसकेका छन् । एमालेका अर्का बैचारिक नेता घनश्याम भूसालले पनि एमालेको उपाध्यक्षमा उम्मेदवारी दिने स्पष्ट संकेत गरेका छन् । उनले भागवत गीताको संस्कृति श्लोक सामाजिक संजाल फेसबुकमा राखेर हारे पनि जिते पनि ओलीको एकाधिकारवादका बिरुद्ध उम्मेलदवारी दिने भएका छन् ।

    सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ ।
    ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।

    गीताको यो श्लोकको अर्थ हो–जय–पराजय, लाभ–हानी र सुखदुःखलाई समान सम्झेर युद्धका लागि तयार हुनू ।  यस्तो खालको युद्ध गर्दा पाप लाग्नेछैन ।

    Screenshot (39).png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार