Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज एकैपटक ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले उद्घाटन गर्ने


    शनिबार, मंसिर ११ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेकाे छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनकाे उद्घाटन नै गरिसकेकाे र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेकाे हाे ।

    माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलाे पटक राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिकाे पालिकास्तरीय सम्मेलन पनि हुँदैछ । 

    पालिका सम्मेलनकाे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् । 

    माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । पालिका सम्मेलन २५ मंसिरमा हुनेछ । 

    माओवादीले ११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयाेजना गर्दैछ  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार