Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • जनगणनाका दौरान तीन जना गणकको मृत्यु


    शुक्रबार, मंसिर १० २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । तथ्यांक विभागका अनुसार जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । 

    रसुवामा एक गणकले आत्महत्या गरेका छन् भने धादिङमा भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ ।

    यस्तै विभागका अनुसार कैलालीमा भने हर्ट अट्याक आएर एक जना सुपरीवेक्षकको मृत्यु भएको छ ।

    विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार देशभर छिटपुट घटना भने धेरै भएको छ । जनगणनामा ४० हजार गणक र ८ हजार सुपरीवेक्षक खटिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार