Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला टी-२० विश्वकप एसिया छनोट: मलेसियाविरुद्ध जितको खोजीमा नेपाल 


    शुक्रबार, मंसिर १० २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज शुक्रबार  मलेसियाविरुद्ध खेल्दैछ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ । 

    ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजी सहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ । 

    ३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ । नेपाल पहिलोे खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्‍याे । 

    आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितको आयोजक यूएई ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा यूएईको सामना गर्नेछ । 

    नेपालले सन् सन् २०१९ मा भएको दुबै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो । 

    आज नै हुने खेलमा हङकङले भुटानको सामना गर्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार