चितवन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन् । महाधिवेशन आज नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । महाधिवेशनको एक दिनअघि भरतपुर पुगेका ठाकुरसँग एमालेको महाधिवेशन, आगामी नेतृत्वसँग सहकार्यलगायत विषयमा गरिएको कुराकानी:
एमाले महाधिवेशनमा किन आउनुभयो ?
एउटा त शुभकामना दिन आएको हुँ । शुभकामना आदानप्रदान राजनीतिक संस्कार हो । पार्टीबीच आदान प्रदान हुन्छ । दोस्रो धन्यवाद पनि दिन आएँ।
धन्यवाद किन ?
किनभने हाम्रा जो माग थिए, मधेसका माग सम्बोधनमा एमालेले अग्रसरता लियो । अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले प्रयास गर्नुभयो । संविधान संशोधनको प्रयास, मधेसी नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता (१२ सयमा १४० जना मुक्त) र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रयास, नागरिक ऐन ल्याएको (यद्यपि अदालतले रोकिदियो) र इतिहासमै पहिलोपटक मन्त्रिमण्डलमा ५० प्रतिशतभन्दा बढी मधेसी सहभागिता (त्यो पनि अदालतले रुचाएन) गराएकाले एमालेलाई धन्यवाद पनि दिनेछु ।
ओलीजीले प्रयास गर्नुभयो, केही सफलता पनि भयो । तर, जुन मुख्य मुद्दा थियो गर्न सम्बोधन गर्न नपाउँदै उहाँ जानुभयो ।
एमालेको महाधिवेशनमा शुभकामना दिँदै गर्दा कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ ?
एमाले अहिले पनि लार्जेस्ट पार्टी हो । सत्ता उसकै हातमा थियो । दुईतिहाइको थियो । विभिन्न कारणले टुटफुट भयो । सत्ता गयो । अदालतको पनि कृपा रहेन । त्यसकारण हामी चाहन्छौं कि यो महाधिवेशनबाट एमाले अझै मजबुत भएर आओस् भन्ने हाम्रो शुभकामना छ । ओलीजी दोहोरिए राम्रो हुन्छ, हाम्रो शुभकामना छ ।
एमालेको आउने नेतृत्वले राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ ?
एमालेको नेतृत्व अहिले जसको हातमा छ त्यो (केपी ओली) कम्युनिस्ट मुभमेन्टको डिस्पुटेड लिडर अर्थात विवादरहीत नेता हो । प्रचण्डजीको त्यो अवस्था छैन । एक समय थियो, उहाँ (प्रचण्ड)को तुलना गौतम बुद्ध र पृथ्वीनारायण शाहसँग गरिन्थ्यो । तर अहिले त्यो स्थिति छैन ।
माधव नेपालजी त साथी-साथी हो । भर्खर छुट्टिएर जानुभएको छ । उहाँ (माधव) आउनु हुन्छ कि आउनुहुन्न थाहा छैन । त्यसकारण अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो ।
उहाँको भूमिका के हुन्छ राष्ट्रिय राजनीतिमा ?
राष्ट्रिय राजनीतिमा हामीले संकल्प गरेका एजेण्डा अलपत्र छन् । ओलीजीले अगाडि बढाउन प्रयास गर्दा सफल भएन । अहिले राज्य नै अनिर्णयको बन्दी बनेको छ । प्रतिनिधिसभा पनि काम गरिरहेको छैन । सत्ता गठबन्धनमा विभिन्न मतले कार्यपालिका पनि चल्न सकेको छैन ।
अदालतको हालत त अहिले देखिएको छ । कुनै पनि अंग फङ्सनिङ अवस्थामा छैन । सहज अवस्था ल्याउन देशको पहिलो पार्टी बलियो हुनु आवश्यक छ । नेतृत्व पनि बलियो भयो भने भूमिका प्रभावकारी हुन्छ ।
एमालेको अब आउने नेतृत्वसँग साझेदारी, समन्वय र अब आउने चुनावमा गठबन्धनको सम्भावना छ ?
हाम्रो माग मुद्दा अझै सम्बोधन भएको छैन । हाम्रो प्राथमिकता सम्बोधन गरे हुनसक्छ । माग, मुद्दाका आधारमा त्यतिखेरै निर्धारण हुन्छ ।
अन्तिममा एमाले महाधिवेशनमा के शुभकामना दिन चाहनु हुन्छ ?
हाम्रो शुभकामना छ कि यो महाधिवेशनबाट तपाईँको उचाई बढोस् । आकाशभन्दा उचाे होस् । मजबुत भएर आउनुस् । देवताले समुद्र मन्थन गरेका थिए, तपाईँहरु जनमन्थन गरेर आउनुभएको छ, नवरत्न बन्नुस् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend