Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशनका लागि प्रधानमन्त्री देउवा चितवन आउँदै, प्रचण्डले गरे बहिस्कार !


    शुक्रबार, मंसिर १० २०७८
    815
    Shares
  • २ मिनेट पाठ
  • चितवन । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन जाने भएका छन्। 

    नेपाली कांग्रेसका सभापतिसमेत रहेकाका देउवा शुक्रबार चितवन आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । 

    चितवनक प्रमुख जिल्ला अधिकारी(सीडीओ) असमान तामाङका अनुसार देउवा शुक्रबार बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नेछन् ।  हेलिकप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ ।

    नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उनी फर्कनेछन् । 

    महाधिवेशनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुने बताइएको छ। 

    यता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नआउने लगभग निश्चित भइसकेको छ । स्रोतका अनुसार माओवादीबाट प्रतिनिधी आउने कार्यक्रम रहे पनि अहिलेसम्म को आउने भन्ने बारे टुंगो भइसकेको छैन। 

    आफ्नै गृह जिल्ला चितवनमा एमालेले गर्न लागेको भव्य महाधिवेशनमा प्रचण्ड नआउनुलाई कतिपयले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तिक्तताका कारण भएको बताएका छन् भने कतिपयले त उनले महाधिवेशन नै बहिस्कार गरेको टिप्पणी समेत गरेका छन्। 

    यस्तै, प्रचण्डसँगै चिनियाँ कम्युनिष्ट पार्टीले पनि महाधिवेशन बहिस्कार गर्दै कोही पनि प्रतिनिधि पठाएन। तर उसले भिडियो सन्देस भने पठाएको एमालेको दाबी छ।  

    महाधिवेशन आजदेखि पर्सि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार