Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशनको असर: मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा प्रतिबन्ध


    बिहिबार, मंसिर ९ २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नवलपरासी । एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् । 

    एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ । चितवनको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्द सत्र हुने चितवनको महाधिवेशनलाई लक्षित गरी हुन सक्ने सवारी चापलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरूलाई बिहीबार साँझ ६ बजेदेखि शुक्रबार मध्यराति १२ बजेसम्म आवतजावतमा रोक लगाइएको हो । 

    जिल्ला प्रशासनको सूचना 

    जिल्ला प्रशासन कार्यालयको सूचना चितवन जिल्लाको नारायणगढमा हुन लागेको नेकपा एमालेको महाधिवेशनलाई लक्षित गरी राष्ट्रिय लोकमार्गमा ट्राफिक जाम हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिमको मिति २०७८÷०८÷०८ गतेको बसेको अन्तर जिल्ला समन्वय समितिको बैठकको निर्णयानुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित राष्ट्रिय लोकमार्ग भएर पूर्व जाने र पूर्वबाट पश्चिम आउने मालवाहक र खाली ट्रक, ट्रिपर लगायत अन्य हेभी सवारी साधनहरुलाई मिति २०७८÷०८÷०९ गते साँझ ६ः०० बजेदेखि मिति २०७८।०८।१० गते राती १२ः०० बजेसम्म आवतजावतमा रोक लगाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

    office-CDO.png

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार