काठमाडौं । महाधिवेशनको सम्मुखमा आइपुग्दासम्म मुख नखोलेका एमालेका नेताहरू महाधिवेशन स्थल नपुग्दै धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।
१०औं महाधिवेशनमा उपाध्यक्ष भीम रावलले मात्र अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । आज बिहान चितवन पुगेका रामबहादुर थापा ‘बादल’ आफ्नो उम्मेदवारीबारे मौन बसे । उनले सहमतिमा नेतृत्व चयन गर्ने बताए पनि अन्य नेताहरू भने भरतपुर विमानस्थल उत्रिएर उम्मेदवारी घोषणा गरिरहेका छन् ।
नवौं महाधिवेशनमा महासचिवमा पराजित भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले विमानस्थलमै महासचिव पदमा आकांक्षा देखाएका छन् । उनले महासचिवबाहेकका पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरे ।
सचिव योगेश भट्टराईले पनि चितवन पुगेर सचिवमा दोहोरिने इच्छा व्यक्त गरेका छन् । उनले आफूसँग अझै १५ वर्ष सक्रिय राजनीति गर्ने सुविधा रहेको भन्दै अहिले सचिवमै दोहोरिन चाहेको बताए ।
भरतपुर विमानस्थलवाटै केन्द्रीय सदय महेश बस्नेत र केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि सचिवमा उम्मेदवारी दिने बताइसकेका छन् ।
उता, एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेलले पनि सचिवमै उम्मेदवार बन्ने चाहना चितवन पुगेर पनि दोहोर्याएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend