Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीश जबराविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च हुने


    बिहिबार, मंसिर ९ २०७८
    445
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ । 

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दैै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

    नेपाल बार, सर्वाेच्च बार,बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ,  नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुँदैछ ।

    चरणवद्ध आन्दाेलनमा रहेकाे बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेकाे छ ।

    बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम आज पनि बिहान १० बजे सुरु हुनेछ । 

    March-appeal.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार