भक्तपुर । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ मा भएको चुनावमा एक पक्षीय मतगणना भएको भन्दै पुनः मतदानको माग गरिएकाे छ । संस्थापनइतरले प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रीय समितिको निर्वाचनमा संस्थापन समूहले एक पक्षीय रुपमा मतगणना गरेको आरोप लगाएको हाे ।
विज्ञप्तिमा उल्लेख भएअनुसार पार्टीका जिल्ला सभापति दुर्लभ थापा र बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेँलले मतपत्र नै साटेको आरोप लगाइएको छ । तरुण दलका पूर्वकेन्द्रीय अयक्ष विनोद कायस्थका अनुसार जिल्ला सभापति थापाले चाँगुनारायण प्रदेशसभाका नवनिर्वाचित सभापति जयन्द्र खड्का र रविन्द्र प्रधानको गलत कामलाई साथ दिएको र क्षेत्रीय अधिवेशनपछि मतगणना सुरु हुँदा पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भडेँलको नेतृत्वमा केही युवाले होहल्ला गरेर मतगणना गर्न दिएको थिएनन् ।
जिल्ला सभापति थापा र मन्त्री भँडेल केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवा र कायस्थ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका हुन् । साथै भक्तपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिका उम्मेदवार रहेका उद्धव खड्काले मतगणना बहिष्कार गर्दै पुनः मतदानको माग गरेका छन् ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ,’मत गणनास्थलमा होहल्ला, नाराबाजी र झडप हुने स्थिति सिर्जना भएपछि भोलिपल्ट बिहान बुधबार पुनः मतगणना गर्न माग गरेका थियौँ । मतदान अधिकृतलाई मौखिक रुपमा आग्रह गरी पछि दर्जनौँ पटक फोन गर्दा पनि सम्पर्क विहिन भएका थिए । पार्टी निर्वाचन निर्देशिका २०७८ को दफा २ (छ) बमोजिम मतगणना गर्दा व्यवस्थित रुपमा सम्बन्धित उम्मेदवार वा निजको बारेसको रोहबरमा गर्नुपर्छ भन्ने स्पष्ट प्रावधान हुँदाहुँदै मतदान अधिकृतले आफूहरुको कुनै वारेस वा उम्मेदवारको रोहवर नराखी एकपक्षीय ढंगबाट मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिएकोले मतगणनाको परिणाम बदर गरी पुन मतदान गर्न उनीहरुले माग गरेका छन् ।’
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् । कांग्रेसले दिएको जानकारीअनुसार १ नम्बर क्षेत्रको सभापतिमा जीवन खत्री र २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend