जनकपुरधाम । प्रदेश सभाको ७औं अधिवेशन सम्पन्न भएको झण्डै डेढ महिनापछि प्रदेश २ सभाको ८औं अधिवेशन आह्वान गरिएको छ । प्रदेश २ सभा सचिवालयले आगामी २९ मंसिरमा प्रदेश सभाको ८औं अधिवेशन आह्वान गरेको हो ।
चार दलीय गठबन्धनको सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन सुरु हुन लागेको हो । यो अधिवेशनमा प्रदेशको नाम र राजधानी विषयमा पुनः छलफल हुने बताइएको छ । गठबन्धनको दुई तिहाइको सरकार बने पनि प्रदेशको नाम र राजधानीमा अहिलेबीच सहमति हुन सकेको छैन ।
सभामुख सरोज कुमार यादवले प्रदेशको नाम र राजधानीका लागि सातौँ अधिवेशनमा प्रदेश सरकारलाई रुलिङ गरेका थिए । तर, पनि अहिलेसम्म दलहरू यो विषयमा सहमत हुन सकेको छैन ।
यसअघि प्रदेशको नाम र राजधानी सम्बन्धी प्रदेश सभामा प्रस्तुत गरिएको प्रस्ताव असफल भइसकेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेश र जनकपुरधाम राजधानी प्रस्ताव गरेको छ । सो प्रस्तावको पक्षमा हालका लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा) रहेको छ ।
प्रमुख प्रतिपक्षी दल बनेको लोसपाले मधेस प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा रहने प्रतिबद्धता जनाउँदै आएको छ । तर, अहिले सत्तामा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी राजधानीमा सहमत भए पनि प्रदेशको नाममा सहमत हुन सकेको छैन । सत्तामै रहेका माओवादी केन्द्र भने जसपाले नै प्रस्ताव गरेको प्रदेशको नाम र राजधानीमा सहमत हुने संकेत गरिसकेका छन् ।
सरकारमा सहभागी कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेशको नाम र राजधानीबारे सत्तारुढ दलबीच अहिलेसम्म छलफल नभएको बताए । ‘प्रदेशको राजधानीको विषयमा दलहरूबीच सहमति भए पनि नामकरणको सवालमा जसपा र कांग्रेसको प्रस्ताव सुरुदेखि नै फरक रहँदै आएको छ,’ मन्त्री यादवले भने, ‘तर, अहिले हामी पनि सरकारमा सहभागी भए पनि यो विषयमा छलफल नै हुन नसकेकाले न अहिलेसम्म कांग्रेसले कुनै नयाँ धारणा बनाउन सकेको छ न त जसपा नै बनाएको छ । त्यसकारण यो विषयमा हाम्रो छलफल आवश्यक छ ।’
प्रदेशको नामकरणलगायतका एजेण्डामा कुनै सहमति वा सम्झौता नभएको मन्त्री यादवले बताएका छन् । मधेस प्रदेशको पक्षमा कांग्रेस पार्टी नरहेको उनले बताए । ‘मिथिला–भोजपुरा प्रदेश नामकरण हुनुपर्ने कांग्रेसको अडान यथावत् छ । तर, सहमतिका लागि मध्य बिन्दु खोज्न चाहे त्यसमा कुनै बाध्यात्मक अवस्था छैन,’ उनले भने ।
नेकपा एमाले प्रदेश सभामा कमजोर रहे पनि मधेस प्रदेशको पक्षमा देखिएको छैन । एमालेले विगतमा पनि मधेस प्रदेशको पक्षमा मतदान गरेको थिएन । तर, जनकपुरधाम राजधानीमा एमाले सहमत रहेको छ । हालै सरकारमा सहभागी भएको नेकपा (एस)ले पनि मधेस प्रदेशमा सहमति जनाउने सम्भावना बलियो छैन ।
प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्री रहेका नेकपा एस संसदीय दलका नेता शत्रुधन महतोले पनि प्रदेशका नामकरणको विषयमा सत्तारुढ पार्टीबीच तत्काल सहमति वा कुनै छलफल नभएको बताए । प्रदेश राजधानीको विषयमा सत्तारुढ र विपक्षी दलहरू पनि सुरुदेखि नै सहमत रहेकोले तत्काल राजधानी सम्बन्धी प्रस्ताव टुंगो लाग्ने सम्भावना रहेको बताए ।
यस्तो छ प्रदेश सभामा दलीय समीकरण
प्रदेश सभामुखसहित १०७ जना सदस्य रहेको प्रदेश सभामा अहिले माओवादी केन्द्रका तीन सासदलाई कारबाहीपछि १०४ जना रहेका छन् ।
सरकारको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टी जसपा ३८, सत्तारुढ दल कांग्रेस १९, नेकपा एकीकृत समाजवादी १३ र माओवादी ८, नेपाल संघीय समाजवादी १ गरी ७९ सासद रहेका भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १६ र विपक्षी दल एमाले ८ गरी विपक्षमा २४ जना सासद रहेका छन् ।
प्रदेश सभामा घेराउ गर्ने प्रमुख प्रतिपक्षको रणनीति
प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले २९ आह्वान गरिएको प्रदेश सभा अधिवेशनमा प्रदेश सरकारलाई प्रदेशका नाम र राजधानीमा घेर्रे रणनीति बनाएको छ ।
लोसपामा प्रमुख सचेतक परमेशर साहले भने, ‘हामी सरकारमा हुँदा हामीसँग दुई तिहाइ बहुमत दिएन, हामी चाहेर पनि नाम र राजधानीको प्रस्तावलाई पास गराउन सकेनौं । तर, अहिलेको सरकारलाई दुई तिहाइ भन्दा पनि बढी बहुमत छ । कम्तीमा अब त प्रदेशको नाम र राजधानी टुंगो लगाउन सकिन्छ ।’
गठबन्धनको सरकार बनेको दुई महिनाभन्दा बढी समय भइसक्दा पनि यो विषयलाई चासोको रूपमा लिन नसकेको उनले आरोप लगाए । ‘अहिले दुई तिहाइको सकार छ । अहिले मज्जाले नाम र राजधानी टुंग्याउन सकिन्छ’, उनले भने, ‘तर, अहिले सत्तारुढदल सत्ता र भत्ता मात्रै केन्द्रित देखिन्छ ।’
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend