Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस अधिवेशन : केन्द्रीय सदस्य र जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित


    बुधबार, मंसिर ८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बागलुङ ।  नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापा र आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । 

    महाधिवेशन प्रतिनिधि छनौटको लागि भएको निर्वाचनमा दुवै जना पराजित भएका हुन् । दुवै जना पार्टी सभापति शेरबहादुर देउवा खेमाका नेता हुन् । 

    बागलुङ क्षेत्र नम्बर १ बाट पौडेल र खुलाबाट थापा निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट ओमकार थापा, चिरञ्जीवी गौतम, जगदिश्वरचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणिभद्र शर्मा कंडेल, हरिहर शर्मा, हरिप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

    चार प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत पौडेलनिकट नेतृत्व तीन क्षेत्रमा विजयी भएको छ । एक क्षेत्रमा सभापति देउवानिकट नेतृत्वले विजय भएको थियो । निर्वाचन क्षेत्र १ मा पनि पौडेल खेमाका चण्डीप्रसाद शर्मा पौडेल नेतृत्वकाे प्यानल विजय भएको थियो । क्षेत्र नम्बर २ को मतगणना जारी छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार