Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस माघमा


    बुधबार, मंसिर ८ २०७८
    485
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  माघ तेस्रो साता चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । ललितपुर टेबल टेनिस क्लबको आयोजना र स्पीन इभेन्ट्सकाे व्यवस्थापनमा १२ देखि १५ माघसम्म लनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना हुन लागेकाे हाे ।  

    बुधबार आयोजकले नेपाल खेलकुद पत्रकार मंच (एनएसजेएफ)को केन्द्रीय कार्यालयमा  पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलदेश, युएई, कोरियालगातयका राष्ट्रका एक हजार खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

    प्रतियोगितमा पुरुष र महिला टिम इभेन्ट्स, पुरुष र महिला एकल, भेट्रान्सतर्फ ४० वर्षमाथि उमेर समूह र ४५ वर्षमाथि उमेर समूह (पुरुष) गरि कुल सात विधामा प्रतिस्पर्धा हुनेछ । 

    जसअन्तर्गत पुरुष र महिला टिम इभेन्ट्स  तथा पुरुष र महिला एकलतर्फका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १० हजार रुपैयाँ हात पार्नेछन् । भेट्रान्सतर्फका विजेता,उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, पाँच हजार र २५ सय रुपैयाँ हात पार्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार