Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सूर्यमा ग्रहण लागिसक्यो, एकीकृत समाजवादी एमालेभन्दा शक्तिशाली छ- माधव नेपाल


    बुधबार, मंसिर ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरेका छन् ।

    बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको र कलम चल्न थालेको बताउँदै एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली भएको दाबी गरेका हुन् ।

    सात प्रदेशमध्ये २ वटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताउँदै उनले केपी ओलीको हठका कारण एमालेको यो दशा भएको दाबी गरे ।

    अध्यक्ष नेपालले बुधबारै जनकपुरधाममा पार्टीको धनुषा जिल्ला पार्टी कार्यालय उद्घाटन समेत गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार