काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए । बमकाअनुसार कूल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो ।
कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर, देउवालाई डडेल्धुराबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइँदै आइएको छ ।
तर, यसपटक देउवाले पद र सत्ताको दुरुपयोग गरेर गृहजिल्लामा महाधिवेशन गरेको आरोप लाग्दै आएको छ । निवर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन प्रक्रियामा सहभागिता जनाएको छैन । क्रियाशील सदस्यतामा एकलौटी भएको भन्दै मल्ल समूह सहभागी नभएको हो ।
यता, महाधिवेशन प्रतिनिधिमा मतपत्रमा देउवाको नाममा पहिले नै रेजा लगाएर मत दातालाई मत पत्र दिएको आरोप लागेको छ । महाधिवेशन प्रतिनिधिका उम्मेदवार कमलसिंह भाटका अनुसार देउवाको नाममा रेजा लगाएर मत पत्र मत दातालाई दिइएको थियो ।
महाधिवेशन प्रतिनिधिमा २१ जना उम्मेदवार रहेको बताउँदै उनले भने २१ मा १० जना निर्वाचित हुनुपर्ने थियो । देउवाको नाममा पहिले नै रेजा लागेको थियो ९ जना थप निर्वाचित भए ।
भाट पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका थिए । मत पत्रमा सुरुमा नै रेजा लगाएको कुरा सत्य नभएको निर्वाचन अधिकृत लोकेन्द्र बमले बताए । उनले देउवाको छविमा आँच पुर्याउन निराधार आरोप लगाएको बताए ।
बम यसअघि पनि विवादमा फसेका थिए । उनले वडा अधिवेशनमा निवर्तमान सभापति मल्ल पक्षसँग छलफल नगरेर एकलौटी अधिवेशन गरेको आरोप लागेको थियो । उनी आर्जु निकट व्यक्तिको रूपमा समेत चिनिन्छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend