Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एमाले स्थायी समितिको निर्णयः ११ सदस्यीय अध्यक्षमण्डल गठन, माइन्युट लेख्ने ७ जना


    मंगलबार, मंसिर ७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को यही मंसिर १० देखि १२ सम्म चितवनको सौराहामा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ । मंगलबार तुलसीलाल भवन ललितपुरमा बसेको एमाले स्थायी समितिको बैठकले महाधिवेशनबाट नेतृत्व चयन गर्नुअघि हुने बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरेको छ ।

    अध्यक्षमण्डलमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, इश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।  

    त्यसैगरी अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । उक्त कमिटीमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार