काठमाडाैं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कुमार पन्त नेतृत्वको कार्यसमिति विघटन गरेकाे छ ।
एनआरएनए उच्च स्राेतका अनुसार मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको छ ।
आइतबार पत्राचार गरेको परराष्ट्रले सो पत्रमा एनआरएनएले कुनै रेस्पोन्स नपठाएको बताएकाे छ ।
प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य पक्षले मन्त्रालयमा उजुरी दिएपछि परराष्ट्रले यसअघि निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो भने त्यसपछि पन्तले ६ महिना आफ्नो कार्यकाल लम्ब्याएका थिए ।