Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • चीनमा ४३ वर्षयताकै न्यून जन्मदर


    सोमबार, मंसिर ६ २०७८
    360
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ । सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसंख्या मन्त्रालयले जनाएको छ । ठूलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन उसका लागि चुनौती हुन सक्ने बताइएको छ ।

    सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो । शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापी रुपमा देखिएको कोभिड संक्रमणसँग पनि जोडिएको छ ।

    चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार  जनाको जन्म भएको थियो । सन् २०१९ मा यो संख्या १ करोड १० लाख ७९ हजार थियो । 

    देशको जन्मदर वर्षौैंदेखि घटिरहेको छ । उमेरका कारण काम गर्ने जनसंख्याको एउटा समूह सेवानिवृत्त भएसँगै जन्मदरमा देखिएको गिरावटले ठूलो अर्थतन्त्र भएको देश चीनमा दीर्धकालीन असर पार्ने विज्ञहरु बताउँछन् ।

    घट्दो जन्मदर रहे पनि मृत्युदरसमेत न्यून हुँदा  चीनको जनसंख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको थियो ।

    सन् १९७९ मा चीनले एउटा मात्र सन्तान जन्माउन पाउने पाउने नीति ल्याएको थियो। सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दुई सन्तान जन्माउने अनुमति दिएको थियो।

    तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न सहयोग नगरेको विज्ञहरु बताउँछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार