इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय निर्वाचन हुँदैछ । दुई निर्वाचन क्षेत्र रहेको इलाम क्षेत्रीय सभापतिका लागि चार पक्षीय भिडन्त हुने भएको छ । इलाममा संस्थापन समूह र संस्थापन इतर समूहबाट दुई/दुई जना क्षेत्रीय सभापतिले उम्मेदवारी दर्ता गरेका छन् ।
इलाममा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिएका दुई/दुई जना जिल्ला सभापतिका आकांक्षी छन् । जिल्ला सभापतिका आकांक्षी चारै जना प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिएका पूर्व जिल्ला सभापति केशव थापा र डम्बर खड्का जिल्ला सभापतिका आकांक्षी हुन् । यस्तै पौडेल समूह निकट भनिएका वर्तमान सभापति हिमालय कर्माचार्य र भेषराज आचार्यसमेत जिल्ला सभापतिको दौडमा छन् ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा रोङ गाउँपालिका अध्यक्ष समशेर राई उम्मेदवारी दिएका छन् । उनी जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य निकट हुन् । क्षेत्रीय सभापतिको दौडमा दुर्गा बराल छन् । उनी जिल्ला सभापति हिमालय कर्माचार्यको प्यानलबाट क्षेत्रीय सभापतिको उम्मेदवार भएका हुन् ।
त्यस्तै डम्बर खड्काको प्यानलबाट भीष्म प्रधानले क्षेत्रीय सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रीय सभापतिका अर्का दाबेदार मिलन क्षेत्री हुन् । क्षेत्रीयले पूर्व जिल्ला सभापति केशव थापाको प्यानलबाट चुनावी मैदान ओर्लिएका हुन् ।
इलामको क्षेत्र नम्बर २ मा पनि क्षेत्रीय सभापतिको लागि चारै जना उम्मेदवारी दर्ता गराएका छन् । माङसेबुङ्ग गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले क्षेत्रीय सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । इधिङ्गो जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्यको प्यानलबाट क्षेत्रीय सभापतिको उम्मेदवार भएका हुन् ।
क्षेत्रीय सभापतिको दौडमा इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठ छन् । उनी कांग्रेसको पूर्व जिल्ला सभापति केशव थापा निकट उम्मेदवार हुन् । इलाम नगरपालिका–४ का उम्मेदवार नूतन दुलालले पनि क्षेत्रीय सभापतिमा मनोनयन दर्ता गराएका छन् । दुलाल जिल्ला सभापति हिमालय कर्माचार्यको प्यानलबाट निर्वाचनमा होमिएका हुन् ।
क्षेत्र नम्बर २ मा जिल्ला सभापतिका आकांक्षी डम्बर खड्काको प्यानलबाट मनबहादुर बुढाथोकी क्षेत्रीय सभापतिको उम्मेदवारी दर्ता गराएका छन् । इलामको क्षेत्र नम्बर १ बाट २६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । जसका लागि ६० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रमेश जोशीले जानकारी दिए ।
क्षेत्र नम्बर २ बाट २५ जना महाधिवेशन प्रतिनिधि छानिन्छन् । त्यसमा पनि ६० जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिने समय रहेकाले उम्मेदवारको संख्या घट्नसक्ने निर्वाचन अधिकृत जोशीले बताए । ‘मिलाउने निर्वाचन फिर्ता लिनको लागि हामीले समय दिएका छौ’, उनले भने,‘कसैको उम्मेदवारी फिर्ता पनि हुन सक्छ ।’
कांग्रेसको यस अघिसम्पन्न प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा भने जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्यको समूह बलियो देखिएको छ । चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये तीन वटामा आचार्य समूहको उम्मेदवारले नेतृत्व हत्याएको छ ।
आचार्यको प्यानलबाट निर्वाचन क्षेत्र नम्बर १‘क’ निष्कल राई, २ को ‘क’ मा गोपाल चौहान र २ ‘ख’ मा खगेन्द्र लिम्बु सभापतिमा निर्वाचित भएका छन् । १ को ‘क’ मा भने मैया लिम्बु निर्वाचित भइन् । उनी डम्बर खड्का निकट मानिन्छिन् ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend