Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • योग गुरू बाबा रामदेवलाई नेपालको पर्यटन दूत बन्‍न मन्त्रालयकाे प्रस्ताव


    आइतबार, मंसिर ५ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ । 

    नेपाल आएका भारतीय योग गुरु रामदेवलाई आइतवार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा बोर्डले औपचारिक रुपमा यो प्रस्ताव गरेको हो ।

    बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीका अनुसार नेपालको आध्यात्मिक पर्यटन प्रवर्द्धनका लागि सद्भावना दूतको प्रस्ताव गरिएको हाे । नेपालमा आध्यात्मिक तथा योग साधनाको प्रचुर सम्भावना रहेको सन्दर्भमा बोर्डले रामदेवसँग मिलेर नेपालको प्रवर्द्धनका लागि पहल गरिरहेको बोर्डले बतायाे । 

    ‘हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रर्वद्धन गरिरहकै छौं । नेपाललाई मुलतःसाहसिक पर्यटकीय गन्तव्यका रुपमा हेर्ने गरिएको छ । तर नेपाल साहसिक गन्तव्यका साथै संस्कृति, प्रकृति, र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रवर्द्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,’ रेग्मी भने ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार