Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लुम्बिनी प्रदेशका डीआइजी पाँच महिनामै तानिए


    आइतबार, मंसिर ५ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले शनिबार तीन डीआइजीको सरुवा गरेको छ ।  लुम्बिनी प्रदेश  प्रहरी कार्यालयका प्रमुख डीआईजी मुकुन्दराज आचार्यलाई पाँच महिनामै तानिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देही पनि लुम्बिनी प्रदेशमै पर्दछ ।

    रुपन्देहीमा शुक्रबार कांग्रेसको अधिवेशनमा कुटाकुट भएको भोलिपल्टै उनी तानिएका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा सरुवा गरिएको छ । आचार्यलाई २०७८ असार ७ मा लुम्बिनी प्रदेशमा सरुवा भएका थिए ।

    लुम्बिनी प्रदेशमा प्रबन्ध निर्देशनालयका डीआइजी प्रकाश अधिकारीलाई पठाइएको छ । प्रहरी महानिरीक्षकको सचिवालयका डीआइजी बसन्तकुमार लामालाई प्रबन्धमा सरुवा गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार