Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपन्देहीमा कांग्रेस अधिवेशनः गृृहमन्त्री खाँणका पीए प्रदेश प्रतिनिधिमै पराजीत


    शनिबार, मंसिर ४ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • बुटवल । नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि वडादेखि पालिका, जिल्ला र प्रदेश अधिवेशनहरु भइरहेका छन् । यो महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा उम्मेदवार हुने भएका छन् । तर उनलाई यो महाधिवेशनमा सभापति पदमा बिजयी पाउन निकै मुस्किल पर्ने देखिएको छ । देउवाका निकट र प्रभावशाली नेताका रुपमा चिनिएका गृहमन्त्री बालकृष्ण खाँण आफ्नै जिल्ला रुपन्देहीमा कमजोर सावित भएका छन् । रुपन्देहीको पार्टी निर्वाचनमा गृहमन्त्री खाँण कमजोर देखिएका छन् । खाँणका स्वकीय सचिव बिजेश न्यौपाने नै कांग्रेसको प्रदेश प्रतिनिधिमा पराजित भएका छन् ।

    गृहमन्त्री खाँणका स्वकीय सचिव न्यौपाने रुपन्देहीको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट लुम्विनी प्रदेश प्रतिनिधीको रुपमा उम्मेदवार बनेका गृहमन्त्रीका स्वकीय सचिव न्यौपाने पराजित भएका हुन् । रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगरका बिभिन्न वडा समेटिएर बनेको उक्त निर्वाचन क्षेत्रलाई गृहमन्त्री खाँणको गृहनगर र बलियो पकडका रुपमा लिइने गरिएको छ । तर उक्त क्षेत्रबाट उनका स्वकीय सचिव न्यौपानेसँगै खाँंण समूहको प्यानल नै पराजित भएको छ । उक्त निर्वाचन क्षेत्रबाट पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल निकट खड्क बहादुर महत नेतृत्वको समूह बिजयी भएको छ ।

    सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका लुम्विनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका वीरेन्द्र कनौडीयाका स्वकीय सचिव सञ्जिव बस्याल समेत पराजित भएका छन् । 

    त्यस्तै रुपन्देहीको क्षेत्र नं २ (ख)मा समेत खाँण समूह कमजोर देखिएको छ । निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रबाट समेत पौडेल समूहका परशुराम ढकाल नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । उक्त निर्वाचन क्षेत्रमा देउवा समूहका रामेश्वर श्रेष्ठ पराजित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं १ क बाट नवीनराज आचार्यको समूह र क्षेत्र नं १ ख बाट मदन प्रसाद पोखरेलको प्यानल नै बिजयी भएको छ । उक्त निर्वाचन क्षेत्रमा देउवा समूहले बाजी मारेको छ ।

    यसका साथै प्रदेशसभा निर्वाचन क्षेत्र ३ क मा मतगणना स्थलमा आक्रमण भएपछि मतगणना स्थगित भएको छ । ३ ख बाट देउवा समूहका घनश्याम चालिसे नेतृत्वको प्यानलका उम्मेदवारहरु सेट नै निर्वाचित भएको छ ।
    प्रदेशसभा निर्वाचन क्षेत्र नं ४ क मा शिवकुमार यादव र ४ ख मा श्रीराम यादव नेतृत्वको प्यानलै निर्वाचित भएको छ । उनीहरु दुवै महामन्त्री सशांक कोइराला निकट मानिन्छन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्य प्रमोद यादवको दरिलो साथ छ ।

    प्रदेशसभा निर्वाचन क्षेत्र नं ५ का क र ख का दुवै निर्वाचन क्षेत्रमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह पक्षका उम्मेदवारहरु बिजयी भएका छन् । उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं क बाट रामबहादुर थापा नेतृत्वको प्यानल नै निर्वाचित भएको छ भने ख बाट यस अघि नै शाह निकट समूह निर्विरोध निर्वाचित भएको छ । भरत शाह र गृहमन्त्री खाँण दु्वै केन्द्रमा देउवा समूहमा छन् । तर जिल्लामा शाह र खाँणको अलग अलग समूह प्रतिस्पर्धा गर्दैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार