तनहुँ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तनहुँमा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनको प्रकृया बिहीबार (आज) बाटै सुरू भइसकेको छ । बिहीबार प्रदेश सभा क्षेत्रमा नेतृत्वको आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ (ख) मा भने कांग्रेसको क्षेत्रीय अधिवेशनको उम्मेदवारी दर्तासँगै नेतृत्व पनि टुंगो लागेको छ । तनहुँ २ (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत दिपक भट्टराईले बताए । उनका अनुसार उपसभापतिमा इमानसिंह थापा र आनन्ददेव श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा सुशीलकुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।
‘बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेका थियाै । प्रदेश अधिवेशन प्रतिनिधि पदमाबाहेक सबै पदमा आवश्यकभन्दा बढीको उम्मेदवारी पेरन । प्रदेश अधिवेशन प्रतिनिधि पदका एक जना उम्मेदवारले उम्मदवारी फिर्ता लिएसँगै निर्विरोध कार्यसमिति चयन भएको छ,’ भट्टराईले भने । प्रदेश अधिवेशन प्रतिनिधि पदका उम्मेदवार रमेश भण्डारीले उम्मेदवारी फर्ता लिएका हुन् ।
प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुवीर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) मा सभापति पदका लागि शेषमोहम्मद हनिफ (गोरा मियाँ) र विशेश्वर खनाल, प्रदेश (ख) को सभापति पदमा काजीमान श्रेष्ठ र राजेन्द्र पियाको उम्मेदवारी परेको छ । यस्तै, तनहुँ क्षेत्र नम्बर २ प्रदेश (क) को सभापतिमा हिरा थापा र जितराज रानाको उम्मेदवारी परेको छ ।
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend