Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको कार्यालयमा धर्ना


    शुक्रबार, कार्तिक २६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय अगाडि धर्ना दिएका छन् ।

    शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दवाव दिने उद्देश्यले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् ।

    धर्नामा सहभागीहरुले खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

    धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनका नेताहरु सहभागी थिए ।

    सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते  पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार