Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • एसिया विश्वकप छनोट : इरान, जापान र दक्षिण कोरिया विजयी


    बिहिबार, कार्तिक २५ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कतार विश्वकप छनोटअन्तर्गत एसिया छनोटको खेलमा बलिया इरान, जापान र दक्षिण कोरिया विजयी भएका छन् । 

    बिहीबार भएको खेलमा हि–चान ह्वाङले गरेको गोलमा दक्षिण कोरियाले युनाइटेड अरब इमिरेट्स(युएई)लाई १–० गोल अन्तरले हरायो । खेलको ३६ औं मिनेटमा ह्वाङले पेनाल्टीमा गरेको गोल नै निर्णायक गोल रह्यो । 

    समूह ‘ए’ कै अर्को खेलमा इरानले लेबनानमाथि २–१ ले विजय हासिल गर्‍यो । एक शून्यले पछाडि परेको इरानले इन्जुरी समयमा दुई गोल गरेपछि महत्त्वपूर्ण तीन अंक जोडेको हो ।

    लेबनानले सूनी सादको गोलबाट ३७औं मिनेटमा अग्रता लिएको थियो । तर सरदार अजमौन र अहमद नौरोल्लाहीले इन्जुरी समयमा गोल गरेपछि इरान विजयी भएको हो । 

    तेस्रो चरणको जितसँगै समूह ‘ए’ मा रहेको कोरियाले पाँच खेलबाट ११ अंक जोडेको छ । जुन शीर्ष स्थानको इरानभन्दा दुई अंकले पछाडि हो । इरानको १३ अंक छ । पराजित लेबनानको पाँच अंक छ भने युएईको तीन अंक छ । 

    आज नै समूह ‘बी’ रहेको जापानले भियतनामलाई १–० गोल अन्तरले हरायो । जापानको जितमा जुन्या इटोले १७औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

    जितपछि जापानले पाँच खेलबाट ९ अंक जोडेको छ । जुन शीर्ष स्थानको साउदी अरेबियाको भन्दा चार अंकले पछाडि हो भने दोस्रो स्थानको अस्ट्रेलियाभन्दा एक अंकले पछाडि हो । 

    अस्ट्रेलियनै भएको खेलमा अस्ट्रेलियाले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार