Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्तीमा शालिक अनावरण


    बिहिबार, कार्तिक २५ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • इलाम । राष्ट्रिय विभूती फाल्गुन्दको १३७औँ जन्मजयन्तीको अवसरमा इलाममा शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका–९ सुकिलुम्बामा स्थापना गरिएको शालिक संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य शुवासचन्द्र नेम्वाङले अनावरण गरेका हुन् ।

    सो अवसरमा नेम्वाङले महागुरू फाल्गुनन्दले समाजको उत्थान र परिवर्तनको लागि अतुलनीयय योगदान पुर्याएको बताए । ‘शान्ति स्थापना र मानवअधिकार स्थापनामा उहाँको ठूलो योगदान छ,’ नेम्वाङले थपे । नेम्वाङले राष्ट्रिय विभूती फाल्गुनन्दको जन्मजयन्तीलाई राष्ट्रिय पर्व कै रुपमा मनाउनु पर्नेमा जोड दिए । ‘प्रदेशमा मात्रै होइन राष्ट्रिय पर्वको रुपमा मुलुकभर फाल्गुनन्दको जन्मजयन्ती मनाउनुपर्छ,’ नेम्वाङले थपे, ‘जन्मजयन्तीमा मुलुकभर बिदा दिने व्यवस्था मिलाउन संघीय सरकारसँग अनुरोध गर्छौ ।’ 
    नेम्वाङले शालिकसहित सुकिलुम्बा एयरपोर्टमा निर्माण गरिएको प्रवेशद्वार तथा पार्कको उद्घाटन गरेका हुन् । शालिक, प्रवेशद्वार र पार्क १३ लाख ३७ हजार तीन सय २७ रुपैयाँ लागतमा निर्माण गरिएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाइँले जानकारी दिए । 

    इलाम माङसेबुङ गाउँपालिका–२ साविक इभाङ–५, चुक्चीनाम्बा गाउँमा जन्मिएका फाल्गुन्दलाई समाज सुधारक तथा किराँत धर्मगुरूको रुपमा लिइन्छ । २५ कात्तिक १९४२ मा जन्मिएका फाल्गुनन्दको २२ चैत २००५ मा ६३ वर्षको उमेरमा पाँचथरको सिलौटीमा निधन भएको थियो । किराँत दर्शन, भाषा संस्कृति लिपीको पुनरुउत्थान, किराँत समुदायभित्रको कुरित िर कुसंस्कृतिलाई हटाउन फाल्गुनन्दले अगुवाई गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार