Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • जनगणना सफल बनाउन एमाले अध्यक्ष ओलीको आग्रह


    बिहिबार, कार्तिक २५ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनगणना सफल पार्न सबैमा आग्रह गरेका छन् ,

    ओलीले आज एक शुभकामना संदेश जारी गर्दै यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका हुन्। 

    पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गरेका छन्  ।

    उनले आज जारी गर्नुभएको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार