Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोहको आरोप, जन्मकैद सजाय हुन सक्ने


    बिहिबार, कार्तिक २५ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ । आरोप पुष्टि भए उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ ।

    फ्रन्टायर म्यानमारका प्रबन्ध सम्पादक डानी फेन्सटरलाई सरकारले राजद्रोहको आरोप लगाएको हो । ३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई अदालतमा १६ नोभेम्बरदेखि सुरु हुनेछ । 

    उनीमाथि यसअघि नै सेनाबिरुद्ध विद्रोह गर्न सर्वसाधारणलाई उत्प्रेरित गरेको, गैरकानुनी संगठन खोलेको र आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लागेको थियो ।

    तर, उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । फेन्सटरका वकिल थान जाउ आङका अनुसार फ्रन्टायर पछिल्लो समयमा शारीरिक रुपमा कमजोर हुनुका साथै निकै दुब्लाएका छन् । 

    यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिसलाई पक्राउ गरी जेल हालिएको थियो । प्रदर्शनमा कम्तिमा एक हजार १७८ जना मारिएका थिए भने सात हजार ३५५ जना पक्राउ परेका थिए ।

    फेब्रुवरीमा सेनाको कुपछि दर्जनौं पत्रकार पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार