Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा दिनदहाडै खुकुरी हान्नेलाई प्रहरीले पक्राउ गरेन


    बिहिबार, कार्तिक २५ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमै शान्ति सुरक्षाको हालत खस्कंदो छ । दिनदहाडै खुकुरी प्रहार गर्ने गुण्डानाइके बुद्धबहादुर तामाङ उर्फ बुद्ध लामाको समूहलाई पनि प्रहरीले पक्राउ गर्नसकेको छैन । लामाको समूहले ओखलढुंगाको सुनकोशी माध्यामिक विद्यालयका अध्यक्ष सुदर्शन सापकोटामाथि २०७८ कात्तिक १८ मा सुकेधाराको युनिभर्सल क्याफेमा दिउँसै खुकुरी र खुँडा प्रहार ज्यानै लिनेगरी आक्रमण गरेको थियो ।

    लामाको समूहको आक्रमणमा परेका सापकोटा गम्भीर घाइते भएका छन् । उनले महानगरीय प्रहरी बृत्त महाराजगंजमा जाहेरी दिए पनि प्रहरीले आक्रमणकारी लामालाई पक्राउ नगरेको गुनासो उनले गरेका छन् । सापकोटामाथि सुनकोशी गाउँपालिका–२ ओखलढुंगा घर भई हाल बौंद्ध नयाँबस्ती बस्ने ४० बर्र्षीय बुद्ध लामाको नेतृत्वमा १०–१२ जनाको समूहले आक्रमण गरेको थियो । लामाले पेस्तोल सापकोटालाई पेस्तोलसमेत देखाएका थिए । पेस्तोलसमे देखाएका लामालाई प्रहरीले भने पक्राउ नगरी खोजी भइरहेको भन्दैआएको छ । तर बुद्ध लामा ओखलढ्ंगा कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार भन्दै फेसबुकमै प्रचार गरिरहेका छन् । सामाजिक संजालमा अधिवेशनको प्रचार गरिरहेका छन् र मोवाइल पनि उनको चलिरहेको छ ।

    नेपाली कांग्रेसका नेताहरुको दबाबमा प्रहरीले उनलाई पक्राउ गर्नबाट हच्किएको छ । बालकृष्ण खाँण गृहमन्त्री भएपछि नेपाली कांग्रेसको आवरणमा गुण्डागर्दी बढिरहेको छ । दिनदहाडै खुकुरी प्रहार गर्ने बुद्ध लामा पनि गृहमन्त्री कांग्रेसकै भएकाले प्रहरीलाई नै चुनौती दिंदै खुलेआम हिडिरहेका छन् । प्रहरी नै निरीह भएको छ । जसका कारण दण्डहीनता बढ्न थालेको छ ।

    सापकोटामाथि आक्रमण गर्नेलाई महानगरीय काठमाडौं परिसर काठमाडौंले महानगरीय प्रहरी बृत्त महाराजगंजलाई पक्राउ गर्न आदेश दिएको दाबी गर्दछ । तर महाराजगंज बृत्तले ६ दिनसम्म पनि पक्राउ गरेको छैन । प्रहरी संगठनको माथिल्लो निकायले दिएको आदेश मातहतले नटर्ने कस्तो आदेश दिएको हो ? घाइते सापकोटाको अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

    बुद्ध लामा यसअघि २०६६ मा पनि ज्यानमार्ने उद्योगमा बौद्ध प्रहरी बृत्तबाट पक्राउ परी छुटेका हुन् ।  कमला शाहीको जाहेरीमा उनी पक्राउ परेका थिए । उनी पटक पटक अपराध गर्ने र पक्राउ पर्देैआएका छन् । पछिल्लो पटक उनी नेपाली कांग्रेसमा आवद्ध भई गुण्डागर्दीमा लागेका छन् । लामा प्रहरीको खोजी सूचीमा रहेको पनि बताइएको छ । लामामाथि २०७४ सालको चुनावमा गाउँपालिका अध्यक्षका उम्मेदवार ज्ञानबहादुर खड्का (जीबी) माथि पनि धारिलो हतियार प्रायोग गरी ज्यान मार्न खोजेको अभियोग छ । तर, त्यतिबेला खड्काले भागेर ज्यान बचाएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार