Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरबाट काठमाडौँ आउँदै गरेको बस र ट्रक हेटौंडामा ठोक्किए, दुई जनाको मृत्यु


    बुधबार, कार्तिक २४ २०७८
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  

    जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा  ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । 

    मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

    उनले बसका  घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार