विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन् । एमाले मोरङले सोमबार आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सबोधन गर्दै उनले अहिलेको सरकारलाई सात दिनभित्रमा ढाल्ने क्षमता आफुसँग भए पनि छुँदा छोइपासो लाग्ने डरले चुप लागेर बसेको उनले बताए ।
‘अहिलेको सरकार पाँचतिर मुख फर्काएर बसेका पञ्चमुखे छन् कसले बोलेको विश्वास गर्नु,’ ओलीले भने, ‘देउवा एउटा कुरा गर्छन, प्रचण्ड अर्का कुरा गर्छन । अरूका त कुरा सुन्ने फुर्सद पनि छैन् । एमसीसीको बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचन्डको फरकफरक धारणा आएपछि ओलीले यस्तो आरोप लगाएका हुन् ।
ओलीले तीन महिनासम्म मन्त्रीपरिषद् बिस्तार गर्न नसकेको सरकारले केही गर्छ भन्ने विश्वास नभएको पनि बताए । अबको चुनावमा एमालेको प्रतिस्पर्धा कांग्रेससँग मात्रै हुने ओलीको भनाइ छ । अरू दल कांग्रेसको पुच्छर भएर हिडेको उनको आरोप छ । ‘चुनावमा गठबन्धन गरेर जान्छौं भनेर अरू दल हिडेका छन्। कांग्रेस बोल्दैन । तागत नभएपछि कांग्रेसका पछाडि लागेका छन्’, उनले भने चुनावमा जाँदा हालत के हुन्छ हामी पनि हेरेर बस्छौँ।’
‘कसलाई मन्त्री, राजदुतलगायत नियुक्तीका कुरा आए र अरू धेरै आउन बाँकी छ’ उनले भने, ‘उहाँहरूले दुनामा माग्दा अदालतले टपरीमा दियो ।’ अदालतमा किनबेचका भरमा चलेको आरोप समेत ओलीले लगाए । ‘ओलीलाई प्रधानमन्त्री बनाउनु हुँदैन भन्ने श्रीमानहरू खोई कसकसलाई मन्त्री बनाउँदै हिड्नु हुँदोरहे छ’, ओलीले भने, ‘अहिले न्यायलय भनेर चुप बस्ने दिन गएका छन् ।’ उनले न्यायलयको काम संविधानको व्याख्या गर्ने भए पनि संविधाननै बनाएको आरोप समेत लगाए । उनले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र रार्इलाई आउँदो चुनावमा जनमत जोगाउन समेत चुनौती दिएका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend