Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • ७८५ जना कोरोना संक्रमित थपिंदा १२ को मृत्यु


    सोमबार, असोज २५ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा थप सात सय ८५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। 

    पछिल्लो २४ घण्टामा थप सात सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार १२ हजार एक सय ९५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो। 

    यसको संक्रमणबाट थप १२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म ११ हजार २ सय ४३ जना संक्रमितको मृत्यु भएको छ। 

    त्यस्तै पछिल्लो २४ घण्टामा आठ सय ८८ संक्रमित निको भएका छन्। 

    अहिले नेपालमा १४ हजार ७ सय ८७ जना सक्रिय संक्रमित छन्।

    सोमबार काठमाडौं उपत्यकामा २९५ जनामा संक्रमण पुष्टि भएको छ। 

    काठमाडौंका एक सय ९१, ललितपुरका ७८ र भक्तपुरका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार