काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी अध्यक्ष केपी शर्मा ओलीकाे साथ छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका जोशीलाई बिहीबार समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् ।
एकीकृत समाजवादीमा प्रवेश गरेका जोशीले १० बुँदेको कार्यान्वयन नभएकाले त्यहाँ बस्ने सक्ने अवस्था नरहेको बताएका हुन् । उनले एमालेले १० बुँदे कार्यान्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको टिप्पणी गरेका छन् ।
उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यान्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।
‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु’, अध्यक्ष ओलीलाई सम्बोधन गरेर दिएको राजीनामामा जोशीले भनेका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend