Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • मदिरा सेवनको लत छाडेका एक व्यक्तिको पेटबाट एक किलोभन्दा बढी काँटी, पेच र छुरा निकालियो


    आइतबार, असोज १७ २०७८
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । लिथुआनियाका एक जना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी काँटी, किल्ला, पेच र छुरी शल्यक्रिया गरेर निकालिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन्।

    मदिरा सेवनको लत छाडेपछि ती व्यक्तिले एक महिना यता फलामका वस्तुहरू निल्दै आएको चिकित्सकहरूले जनाएका छन्।

    क्लेपडा युनिभर्सिटी अस्पतालमा गरिएको शल्यक्रियाका क्रममा निकालिएका केही वस्तुहरू १० सेन्टिमिटरसम्म लामो भएको त्यहाँको स्थानीय सार्वजनिक प्रसारकले जनाएको छ। एक जना सर्जनले त्यसलाई ‘विशिष्ट घटना’ भनेका छन्।

    लिथुआनियाली भाषामा प्रकाशित एउटा लेखमा तीन घण्टाको आपत्कालीन शल्यक्रियापछि बाहिर निकालिएका फलामका वस्तुहरूले एउटा सर्जिकल ट्रे भरिएको देखिएको थियो।

    ती व्यक्तिलाई पेटमा असह्य पीडा भएपछि बाल्टिक सीको तटीय क्षेत्रमा रहेको अस्पतालमा एम्बुलेन्समार्फत् ल्याइएको थियो। अहिले उनी स्थिर अवस्थामा रहेको र स्वास्थ्यकर्मीले उनको निगरानी गरिरहेको विवरणहरूमा जनाइएको छ। (बीबीसीको सहयोगमा)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार